आफैमा एक रहस्य रजनिशी ओशो को जीवनी
ओसो को अर्थ हुन्छ महासागर साच्चिकै ज्ञान को महासागर मानिने ओसो ले विभिन्न बिषयमा दिएका प्रबचन हरु लिपि बद्ध गरि ६00 भन्दा बढी पुस्तक उनको नाम मा प्रकाशित भैसकेका छन्, जुन पुस्तक हरु विश्वका 31 भाषा भन्दा बढी भाषा मा प्रकाशित भैसकेका छन्, यिनै पुस्तक मार्फत धेरै ले आज उनलाई चिनेका छन्,
सानै देखि स्वतन्त्र निर्भिक निडर स्वभाबका ओसो बर्सात को भेल उर्लिरहेको खोलामा १00 फिट भन्दा माथि बाट उफ्रेर पौडी खेल्न सामान्य मान्थे, अलौकिक बुद्धिले गाउ सहरका पंडित, पुरोहित ,मुल्ला, पादरी, संत, महात्मा, संग बादविवाद गर्दा उनीहरुको अन्धविस्वस को भण्डाफोर गर्दथे 21 मार्च 1953मा 21 बर्ष पुग्दा उनीले सम्भोधि ज्ञान हासिल गरेका थिए, जुन बेला उनि जवलपुरको एक क्याम्पस मा दर्शन शास्त्र को बिद्यार्थी थिए ,
सन् 1957 तिर सागर बिस्वबिद्यालय मा दर्शन शास्त्र बिषय मा प्रथम श्रेणीमा प्रथम भएर ma मा गोल्ड मेडल प्राप्त गरेका थिए. तेस पछि सोही बिस्वबिद्यालय का बिद्यार्थी हरु माझ प्यारो बन्न पुगेका ओशोलाई त्यहाका बिद्यार्थी हरुले आचार्य रजनीश भनेर बोलाउथे, 9 बर्ष सम्म प्रध्यापक कम गरिरहेकै बेला उनले भारतको विभिन्न सहर घुमेर प्रबचन दिन थालिसकेका थिए।
नया विचार को धारा प्रभाह रुप मा बोल्न सकने ओसोको सभामा 50 /60 हजार भन्दा बढी मानिसहरु को भिड जम्मा हुन थालिसकेको थियो उनले त्यती बेला भारत भर अध्यात्मिक जागरण को लहर फैलाई रहेका थिए, उनको व्यक्तिव र बाणी एस्तो थियो कि कसैलाई त्येसको सुगन्ध लठ्ठ पर्थ्यो मानौ अलौकिक संसार बाट आएको हो।
सन् 1965 मा ओसोले बिश्व विद्यालयको कम छोडेर आफुले हासिल गरेको ज्ञान को भण्डार लाई अरुलाई पनि बड्नु पर्छ भन्ने उदेश्य का साथ उनले नया मान्छेलाई जन्म दिने प्रकृयामा लाग्न थाले।
ओसोका नया मान्छेलाई ज्वरभा द बुद्ध भनिन्छ जो एस्तो मान्छे हो जोरभा जस्तो भौतिक जिबन मा मात्र आनन्द मानेर बसेका हुन्छ त्यही मान्छे गौतम बुद्ध जस्तो चुपचाप ध्यान मा पनि बस्न सफल होस् अर्थात् एउटा एस्तो मान्छे जो एस संसार को चरम भौतिक सख सहिल पनि हासिल गर्दै अध्यात्मिक संसारको पनि मजा लिन सक्क्षेम होस्।
अहिले संसारमा एस्ता खाले विचार भएका मान्छे बिना यो संसारको कुनै भबिस्य छैन, पुर्व र पश्चिमि दर्सन को संगालो आध्यात्मिक र भौतिक बिज्ञानको त्रिबेणी मा हिड्न सक्ने मान्छे बनाउन चाहान्थे ओसो, भौतिक सुख सुविधा र छाडावादी संस्कृति बाट वाक्क दिक्क भएर विरक्तिएका पश्चिमाहरू जो सहि जिबनको थाहा पाउन चाहन्थे उनीहरु बिस्तारै ओसोको नजिक झुम्मिन थालेका थिए ध्यान दिने मान्छेले जिबन मा सार्थक बाटो पाउछ भन्ने ओसो ले भारत को मनाली भन्ने स्थान मा एउटा भब्य सिबिर को आयोजना गरि शिष्य हरुलाई दिक्षा दिएर नव सन्यास बनाउन आरम्भ गरेका थिए, त्यस यता लाखौ शिष्य हरु नया सन्यास बन्ने क्रम मा छन नव सन्यास को लागि ओसोले कुनै बिषेस नियम बनाएका छैनन निएम बनायो भने मान्छे बन्धक हुन्छ, मान्छेलाई बन्धक बनाउनु हुदैन, अन्य धर्म विचार दर्सन मा जस्तो सन्यासी भएपछी यो खानु हुन्छ त्यो खानु हुदैन यो गर्नु हुन्छ त्यो गर्नु हुदैन यो लगाउनु हुन्छ त्यो लगाउनु हुदैन भन्ने केहि छैन ओसोको नव सन्यासिमा बरु उनले ओसो सन्यासी बन्ने संग एक मात्र सर्त राखे त्यो थियो जसले कम्तिम दिनको एक घण्टा ध्यान र सत्संग गर्नु पर्ने हुन्छ, जस्ले ध्यान सत्संग गर्छ उस्लाई लवाई खवाई बोल चाल को बारेमा नियम बनाई रहनु पर्दैन उ आफुले आफैलाई नियम मा बाधन थाल्दछ त्यो नै असल जिबन समाज र संसार को लागि ठुलो उपलब्धि पनि हो भन्ने ओसोको मन्नेता छ।
सन् १९९४ मा ओसो आफ्ना हजारौ शिष्य हरु संग पुनामा आएर श्रि रजनिशम आश्रम को स्थापना गरे पुना आउदा ओसो को प्रभाब र क्षेत्र बिश्व ब्यापी भैसकेको थियो रजनिस आश्रम पुनामा हुने हरेक प्रबचन मा मानब चेतना र विकास को हरेक रहस्य हरुको पर्दा खोलि दिएका छन्,ओशोले बुद्ध, महाबिर, कृष्ण, शिब, कौडील्य, नारद, जिसस क्रिस्ट, लगाएत भारत बर्षका आध्यात्मिक गुरु संकर, आचार्य, नानक,गोरख, कबिर ,मुलुक दास, दारिया दास, मित, को बारेमा उनले हजारौ प्रबचा दिएका छन् जिबनको हरेक पाटोको बारेमा ओसोले बोल्न भ्याएका छन् योग, तन्त्र ,ताउझेन, हसिद, सुफी ,जस्ता विभिन्न परम्परा गत साधनाहरुको रहस्यहरु उनले स-बिस्तारमा बैज्ञानिक ढंगले प्रकाश परेका छन्.
यसका साथै राजनीति, कला, साहित्य ,बिज्ञान ,दर्शन, शिक्षा, परिवार, समाज, गरिबी ,जनसंख्या, बिस्पोट, पर्यावरण, तथा संम्भाबित, परमाणु, यद्ध देखि लिएर एड्स, जस्तो बिश्व भरि छाएको महामारी को बारेमा पनि आफ्नो क्रान्तिकारी जीवन द्रिष्टि पुस्तक मा राखेका छन् ,
मेरो सन्देस कुनै दर्शन सिद्दान्त चिन्तन होइन मेरो संदेश त मात्र क्रान्तिकारी रुपान्तरण को लागि हो उनका यिनै क्रान्तिकारी विचार का कारण 1980 को एक साझ भारत को एक कट्टरपन्थी हिन्दु समुदायको एक व्यक्ति बाट हत्या को प्रयास पनि भएको थियो। ओसो ले लेखेका पुस्तक मध्य (सम्भोग से समाधि कि और) भन्ने पुस्तक सर्भादिक चर्चित विवादास्पत पुस्तक को रुप मा लिइन्छ, यहि पुस्तक का कारण उनलाई विभिन्न धर्म सम्प्रदायक कथित गुरु हरुले सेक्स फ्री गुरुको रुपमा चित्रण गरि बदनाम गर्ने कोसिस पनि न गरेका होइनन,
तर उनले त्यो पुस्तक मा सेक्स को बारेमा लामो ब्याख्या गरेका छन् कि जिबनको प्ररम्बिका बिन्दु जिवन को सृस्टी को सुन्दर क्रियाकलाप लाई हाम्रा कथित धर्म गुरु हरुले आनाआबश्यक रुपमा लुकाउने रहस्यमय बनाउने हुदा सेक्स ले विकृत रुप लिन थालेको हो। यसलाई सहज प्राकृतिक रुप मा लिनु पर्ने हुन्छ, भन्ने हुन्छ अझ जीवनमा कामवासनालाई मात्र साथि
बनाउने मान्छेहरुलाई ओसोले ध्यान र प्रेम ले धेरै गुण आनन्द दिने ठोकुवा गर्छन अनि सोहि अनुरुप ध्यान र प्रेम गर्न आफ्नो सन्यासी हरुलाई जोड दिन्छन।
पुना बसाइको क्रममा एक दिन अचानक बिरामी भएपछी सन् 1981 देखि मौन धारण गर्न थाले चिकिस्तक हरुको सल्लाहा अनुसार ओसो लाई अमेरिका पुर्याइयो अमेरिका पुगे पछि उनि बिरामी बाट त छुटे तर हजारौ अमेरिकी शिष्य हरुले उनलाई त्यहाँ बाट फर्कन दिएनन् ,बरु अमेरिकाको ओरेगन भन्ने बन्जर स्थानमा 64 हजार हेक्टर जमिन किनेर ओरेगन गाउ को निर्माण गरेका थिय जहाँ 5 हजार ओशो सन्यासी हरु माक्स र लेनेन ल़े सोचेको जस्तो कम्युन बनाएर सद्गुरु ओशो को सानिध्यमा आनन्द र उत्सवमय वातावरण मा बसेका थिए त्यो गाउनै पछि रजनिसपुर को नाम मा दर्ता भइ सानो सहर को रुप लिन थालेको थियो यसरि कम्युन को सफल प्रयोग गर्दै पुर्बी आध्यात्मिकवाद र पश्चिमको भौतिकवाद संगै हिडाउन सफल ओसो को ओरेगन सिटि मा त्यहाका इसाई धर्म का कट्टरवादी हरुको गिद्दे नजर पर्न थालेको थियो।
फलस्वरूप तिनै इसाई धर्म गुरु हरुको दवाब मा आएर अमेरिकाको संघीय राज्य स्थानीय सरकारले रजनिसपुरलाई हटाउने कोशिस पनि नगरेका होइनन तर सन् 1985 मा अमेरिकाको सरकारले नै ओसो माथि आप्रवासी नियम मिचेको भन्ने जस्ता 35 भन्दा बढी मनगणन्ते आरोप लगाएर बिना वारेन्ट गिरफ्तार गरि हिरासत मा राखेको थियो, हातमा हत्कडी लगाएर एक जेल बाट अर्को जेलमा सर्दै सारिरिक र मानसिक यातना दिएका थिए, यति मात्र नभई अमेरिकी अधिकारी हरुले ओसोलाई जेल भित्रै थिलियम नामक मन्द बिष दिएका थिय ,जसको मन्द असर बिस्तारै बढ्दै जादा उनि सिथिल हुदैगए सुरुमा त ओसोको स्वर बिस्तारै बिग्रिदै गयो 5 बर्षको समय मा त्यस बिष ले उनको सरिर मा नराम्रो आसर पुरयाएको थियो अनन्त भारत को पुना मा फ़र्किए र
सन् 1990 जनवरी १९ मा समाधि लिय अर्थात् देहत्याग गरे 1985 मा उनि अमेरिका छाडेर भारत फर्केका थिए तर तत्कालिन भारत सरकारले पनि उनलाई साथ नदिए पछि नेपाल पनि आएका थिय अमेरिकी सरकारको दवाबमा तत्कालिन पंचायती सरकारले नेपाल छाड्न आग्रह गर्यो उनलाई बिश्वका २१ ओटा राष्ट मा प्रतिबन्ध लगाइ मानबताको चरम खिल्ली उडाएको थियो, तत्कालिन अमेरिकी सरकार ले विश्व भ्रमण मा निस्किएका ओशोलाई जताततै प्रतिबन्ध लगाउन थालेपछि उनि पुना को आश्रममा बसेर देस बिदेस का कथित धर्म का ठेकेदार पण्डित हरुका काला कर्तुत को प्रवचन बाटै पर्दा फास गर्न थाले, यसरि एउटा महान क्रान्तिकारी रहस्यदर्शी, बुद्ध पुरुस, ओसोलाई जणसुत्र बादी अन्ध बिस्वाशी पाखण्डी धर्म गुरु हरुले अनेक हत्कण्डा अपनाएर बदनाम गर्न खोजेका थिए, ओसोको एउटै प्रयास थियो कि संसारमा दुख छ दुख को कारण छ त्यस दुख नो निवारण हो होस् पूर्वक जिउन सिक्नु ,तेसको लागि ध्यान ससक्त मध्यम हो जसले ध्यान को मध्यम बाट शरीर सुद्धि, भाव सुद्धि, विचार सुद्धि, गर्न सक्छ जो बक्ति प्राकृतिक तरिकाले प्रकृति संग नजिक भएर बाच्न सक्छ उ सधै खुसि र सुखी जीवन जिउने सुत्र दिने ओसो को समाधि माथि ओसोको सन्यासी हरुले सोर्ण अक्षर मा लेखेका छन्
ओसो कहिलै जन्मेका थियनन र कहिलै मर्दैनन पनि बरु 1931 DEC .11 देखी 1990 Jan 19 सम्म यो संसारमा भ्रमण मात्र गरेका थिए...।
Comments
Post a Comment