happiness in life जिबनमा खुशी हुने र सुखी रहने सजिलो तरिका

happiness in life जिबनमा खुशी हुने र सुखी रहने सजिलो तरिका



लाइफ्स अल्टिमेट डेस्टिनेसन इन ह्याप्पिनेस– अल्जेरियाका फिक्सन फिलोसफर अल्बर्ट कामसले भनेझैं पैसा, प्रतिष्ठा, पावर, पोजिसन प्राप्त गर्न चाहनेहरूको पनि यी चीजमा अन्तिम गन्तव्य खुसी नै हो । दौडधूप, कडा परिश्रम, सीप र क्षमता अनि समय खर्च गर्ने पनि खुसी प्राप्तिकै लागि हो । सक्ता, शिक्षा, सशत्तीकरण, समतामूलक समाज अनि सचेतनापछि अहिले संसार खुसी प्राप्तिको बाटोतर्फ ढल्किएको छ । अहिले कुन देशका नागरिक कति खुसी ? भन्ने कुराले उक्त मुलुकको विकासलाई मापन गर्ने ट्रेन्डको विकाससमेत भैसकेको छ । जीवन खुसी भए नै सार्थक मानिने हो भन्नेहरूको संख्या बढ्दैछ ।हामी किन सफल हुन खोज्छौं, किन धन आर्जन गर्ने चाहना राख्छौं, किन लोकप्रिय हुने प्रयास गर्छौ, किन नाम कमाउन चाहन्छौं, किन मिठो मसिनो खान खोज्छौ, किन रमाइलो गर्न मन गर्छौ ?यी सबै प्रश्नको एकमुष्ठ जवाफ हो, खुसी हुनका लागि । आखिर हामी जे जति काम गर्छौ, ति सबैको सार हो, खुसी । मिठो खाएर होस्, नाचगान गरेर होस्, प्रतियोगिता जितेर होस्, सुविधा भोग गरेरै होस् हामीले खुसी खोजिरहेका हुन्छौ ।

घातलाग्दो त के भने, त्यो खुसी हामीभित्रै छ । तर, आफैभित्रको खुसी पनि हाम्रो निम्ति दुर्लभ छ । चाहेर पनि हामी खुसी हुन सकिरहेका हुँदैनौ । हामी किन हरबखत खुसी वा प्रशन्न रहन सक्दैनौ ?

अध्ययनहरुले भन्छ, भौतिक जरुरत, इच्छा वा सफलताको अपेक्षा, जीवनको सम्बन्धमा आफ्नो दृष्टिकोण, आफ्नो इष्टमित्र, आफन्त र नातेदारको गुणवत्ता जस्ता कुरामा खुसी निर्भर रहन्छ । खुसी हुनु स्वास्थ्यका लागि फाइदाजनक हो । तर, कसरी खुसी हुने ?मानसिकता बदलौं:मानविय गुण वा प्रवृत्ति के हुन्छ भने, राम्रो कुरा चाडै भुल्ने र नराम्रो कुरालाई लामो समयसम्म याद गर्ने । अहिले एउटा प्रक्रिया छ, जसलाई न्यूरोप्लास्टिसिटी भनिन्छ, यस अन्र्तगत हाम्रो मस्तिष्कको सोच्ने शैली बदलिन्छ । हाम्रो दिमागलाई खुसी रहन सिकाउँछ ।

आशावादी रहनुपर्छ । आशावादी रहँदा आफ्नो शरीरमा कुनै किसिमले शरीरलाई प्रभावित बनाउन सक्छ । आफ्नो वर्तमानमा केन्दि्रत हुनुपर्छ, जसबाट आफु स्वंम र अर्कालाई धेरै खुसी दिन सकौं ।

 ध्यान लगाउनुपर्छ । जस्तो कि, प्राणाया, योगा वा कुनै आध्यात्मिक कार्यले हाम्रो दिमागको कुनै एक भागलाई प्रभावित गर्छ । यसले हाम्रो सोचाई र भोगाईलाई विकसित गर्छ, जो खुसी जिन्दगीको लागि आवश्यक छ ।

 सानोतिनो कुरालाई पनि परिपक्क वा अनुभवी हिसावले ग्रहण गरौ । यदि दिमागलाई खुसी राख्ने हो भने, यो राम्रो तरिका हो । आफुलाई जे कुराले खुसी बनाउँछ, त्यसैलाई मनमा लिनुपर्छ ।

 दिनभर जे जति आनन्ददायक घटना घट्छ, त्यसलाई मनमै संग्रह गरौं । एउटा डायरी बनाएर त्यस्ता कुरा पनि लेख्न सकिन्छ । मानौ, हामीले आज मिठो ब्रेकफास्ट गर्‍यौ, कुनै साथीले घतलाग्दो कुरा गरे, कतैबाट अप्रत्यासित खुसी तुल्याउने फोन आयो, कसैले प्रेमपूर्वक व्यवहार गर्‍यो । दिनभर घट्ने यस्तै सुखद पलहरुलाई मनमा संग्रह गरौ ।

 आफुसँग जे चिज छ, त्यसका लागि गहिराईबाट कृतज्ञता महसुष गरौ । आफुसँग जे छ, त्यसैमा कृतज्ञ रहने अभ्यास गरौं । यसले जीवनमा अधिक सन्तुष्ट प्राप्त हुन्छ ।

  दृष्टिकोण पनि बदल्नुपर्छ । जस्तो कि, कुनै आधा भरिएको गिलास छ । त्यसलाई ‘आधा खाली गिलास’ भनेर नहेरौं । बरु ‘आधा भरिएको गिलास’ भनेर हेरौं । दिमागलाई यसरी एडजस्ट गरौ कि, हरेक चिजलाई राम्रो पाटोबाट देख्न सकियोस् ।

  यो कुरा बुझौ कि, मोजमस्ती गर्नु खुसी हुनु होइन । मोजमस्तीबाट प्राप्त खुसी क्षणिक हुन्छ । हामीले टिकाउयुक्त खुसी खोज्नुपर्छ ।

 आफुमा यस्तो गुण विकास गरौं, जसले सधै खुसी दिलाउन सक्छ । जस्तो कि, अरुप्रति कृतज्ञ हुन सिकौं । विनम्र, विनयी, सकारात्मक, दयालु जस्ता गुणले खुसी दिलाउँछ । रिस, अहंकार, दम्भ, प्रतिसोधको भावनाले खुसी टिक्न दिदैन ।

  आफ्नो मूलभूत आवश्यक्ता पुरा गरौं । खान, बस्न, घुमफिर गर्न, रमाइलो गर्न, चाडपर्व मनाउन आदिका लागि सक्षम हुनुपर्छ । पैसाले खुसी दिदैन । तर, यसले त्यो भौतिक आवश्यक्तालाई पुरा गरिदिन्छ, जो खुसीको माध्याम बन्न सक्छ ।

  स्वस्थ्य रहनुपर्छ । खुसी हुनु भनेको मानसिक कुरा हो । तर, यसमा शारीरिक अवस्थाले पनि प्रभाव पार्छ । शारीरिक रुपमा स्वस्थ्य, तन्दुरुस्त भइयो भने नै खुसी अनुभूत गरिने हो । यसर्थ व्यायाम गरौं, सन्तुलित खानपान गरौ, योग गरौं, सक्रिय जीवनशैली अपनाऔं ।

हामीले आज मिठो ब्रेकफास्ट गर्‍यौ, कुनै साथीले घतलाग्दो कुरा गरे, कतैबाट अप्रत्यासित खुसी तुल्याउने फोन आयो, कसैले प्रेमपूर्वक व्यवहार गर्‍यो । दिनभर घट्ने यस्तै सुखद पलहरुलाई मनमा संग्रह गरौं ।

  श्रममा विश्वास गरौं । हामी त्यहीबेला दुखी हुन्छांै, जब सोचेको पुरा हुँदैन । सोचेको कुरा त्यही अवस्थामा पुरा हुँदैन, जब हामी सहि ढंगले त्यसका लागि श्रम गर्दैनौ । मिहेनत गर्दैनौ । भनिन्छ, हरेक समस्याको समाधान हो श्रम । सकारत्मक र सार्थक श्रम गरौं, जसले जीवनमा सन्तुष्ट प्राप्त गर्न सकियोस् ।

 असल साथीहरु बनाउनुपर्छ । यस्ता साथी जसले आफ्नो सुख, दुखमा साथ दिन्छ । आफ्नो सफलतामा रमाउन आउँछ र विफलतामा ढाडस दिन आउँछ । त्यस्ता साथीभाईको संगतले पनि जीवनमा खुसी दिलाउँछ ।

  करुणामय रहनुपर्छ । अरुमाथि दया राख्नुपर्छ । प्रेमभाव राख्नुपर्छ । कुनै दुखी, गरिब, असाह्य, असक्षमलाई हार्दिक मनले सहयोग गरौं । यस किसिमको सहयोगी भावनाले खुसी दिलाउँछ ।

 मुस्कुराउन सिकौं । हामी खुसी हौ वा दुखी । तर, हरेक समयमा मुस्कुराउनुपर्छ ।

 क्षमा गर्न सिकौं । अरुले कुनै गल्ती गरेको छ वा आफुलाई असर गरेको छ भने सधै त्यसको तुष बोकेर हिँड्नु हुँदैन । बरु, त्यस्ता गल्तीमा माफी दिनुपर्छ । यसले गर्दा मनमा विकार रहँदैन । खुसी भइन्छ ।अनलाईनखबरबाट

कसरी खुशी रहने ?१. आशावादी रहनुपर्छ२. सकारात्मक दृष्टिकोण बनाउनुपर्छ३. आधारभूत आवश्यक्ता पुरा गरौं४. क्षमा गर्न सिकौ५. अरुप्रति कृतज्ञ रहन सिकौं६. असल साथीहरु बनाऔं७. स्वस्थ्य र तन्दुरुस्त रहन सिकौं

.बढी मात्रामा परिवार सङ्ग घुल मिल हौ

इच्छा र चाहना समयमा पुरा गरौ।

Comments

Popular posts from this blog

World population facts

Most Beautiful Birds in the world] संसारका सबैभन्दा सुन्दर चराहरु