नेपालका परम्परागत कुटानी पिसानी (जातो,ढिक्की,कोल,पानी घट्ट )



परिचय.......

१....जातो

नेपालको हिमाली तथा पहाडी भेगमा मकै ,कोदो, गहु, फापर ,तथा जौ पिस्नको निम्ति प्रयोग गरिने साधन जातो हो।जातो बिशेषत handle,  rotation body ,मानी र base body बाट बनेको हुन्छ । जातोको base body र rotation body ढुङ्गा बाट भनेको हुन्छ । मानी फलामको करिब 1cm ब्यास भएको हुन्छ र लम्बाई 15-20 cm को हुन्छ ।अबश्यकता अनुसार त्यसको size फरक पार्न सकिन्छ ।जातो को handle चाहिँ काठ को बनाइएको हुन्छ। यश प्रकारको साधनको base body को joint समतल हुन्छ ।खाद्यान्नहरु पिसन क्रममा उक्त joint मा पिधिन्छ rotating body को too मा प्वाल हुन्छ जसबाट खाद्यान्न राखिन्छ र handle ले rotation body लाई घुमाइ पिधिन्छ यसरी पिस्ने  प्रक्रिया खास गरेर friction force का कारणले नै हो। जातो द्धारा पिस्दा धेरै समयमा कम खाद्यान्न पिध्न सकिन्छ । अहिलेको समयमा ग्रामीण ग्रामीण भेग बाट बिस्तारै हट्ने क्रममा छ।।


२....ढिक्की 



यो पनि ग्रामीण भेगहरुमा गहु धान चामल आदि लाई कुट्नको लागि प्रयोग गरीने साधन हो । ढिक्की फलक्रम main body र side support बाट बनाइएको हुन्छ । यो मानिसको खुट्टा द्धारा चलाइने साधन हो। उत्तोलकको सिधाान्तमा आधारित रहेर यसले काम गर्दछ । यसको एका छेउमा load अर्को छेउमा बल र बिचमा फलक्रम हुन्छ । फलक्रम देखि बल सम्मको दुरि , फलक्रम देखि load सम्मको दुरिको तुलनामा अत्यन्तै कम हुन्छ । यसको प्रयोग द्धारा खाद्यान्न कुट्टदा खुट्टाले बल लगाइ main body लाई केही दुरिमा उठाइ स्वतन्त्र रूपमा छेडिन्छ यसको प्रभावले ओखलमा राखेको मुसलले ओखलमा रहेको प्वालमा सन्चित अन्नलाइ कुट्ने काम गर्दछ । प्रयजसो भिजेको चामल गहु आदिको खस्रो पिठो बनाउनकोलागि प्रयोग गरिन्छ। यो पनि ग्रामीण भेगमा अहिले सम्म प्रयोगमा छ।


३....कोल

बिशेषत उखु, निम्बु र तोरि लगाएत रसिला खाद्यान्न तथा फलफुलहरु लाई निचोरेर रस सकलन गर्नको । लागि प्रयोगमा ल्याइने साधन लाई कोल भनिन्छ।
साधारण प्रकारको कोल बाट रस उत्पादन गर्नको लागि main body मा खाल्डो पारिएको स्थानमा फलफूल तथा खाद्यान्न राखी फलक्रमको सहायतामा handle द्धारा बल लगाइन्छ । उक्त पदार्थ निचोरी निस्केको रसलाइ सकलन गर्नेको लागि बाल्टिन तथा अन्य भाडो लाई तल पट्टी रखिएको हुन्छ। प्रायःजसो अहिले समयमा पनि यसको  प्रयोग गरिन्छ।



४.....पानी घट्ट 

यो पनि नेपालको प्रयाजसो हिमाली भेगमा गहुँ,मकै,कोदो,फापर तथा अन्य अन्न तथा खाद्यान्न पिस्नको लागि प्रयोग गरिने साधन हो। विशेषत पानी घट्ट लाई घुमाउन को लागि नजिकैको खोला बाट कुलो बनाइ पानी ल्याइन्छ । करिब 2-3Cm को उचाई बाट पानीले घट्टको मदानी लाई हिर्काउछ र जसले गर्दा उक्त मदानी घुम्न थाल्द छ । यसरी मदानी सङ्गै जोडिएको जातो पनि घुम्न थाल्दछ। यसरी घुम्दा दुई वटा जातोको बिचमा रहेको खाद्यान्न पिधिइ धुलो धुलो पर्दछ र बाहिर पट्टी  वरिपरि खस्दछ। मदानीलाई हिर्काएको पानी पुन खोलामै जान्छ। खोला बाट ल्याइएको पानीलाई कुलोको अन्तिम बिन्दुमा pipe system बनाइएको हुन्छ । पानी घट्ट अहिलेको समयमा हिमाली भेगमा अत्यन्तै प्रयोगमा रहेको प्रविधि हो।।



Comments

Popular posts from this blog

World population facts

Most Beautiful Birds in the world] संसारका सबैभन्दा सुन्दर चराहरु