सलह किरा
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh1UPtniZHHotSz2qMHFVNPa5XmH5bluHvbdMgHg9vcI-WoTXmkxkoN4EQr_Wz3Q_sx37Ed9dD8UyninjRmw9_yrBZJ4jfY1THuGxarYf2GbHUL81FS5uzmjRwOTGIUMIi7TBFhLIZqaR3u/s1600/download+%25286%2529.jpeg)
सलह फट्याङ्ग्राको एक प्रजाती हो। यो एक किसिमको फौजी किरा हो। यस किराले बालीनाली मा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ। वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट्बिरुवा लाई सखाप बनाउछ। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । प्राचीन समयमा ईजिप्टियनहरुले आफ्ना पुस्तकहरुमा यस किरासम्बन्धि कुराहरु उल्लेख गरेका छन् । मुख्यत: कृषि पद्धतिमा र बालीनालीको राम्रो निगरानी हुन नसक्दा यी किराहरु उत्पन्न भए कि भन्ने कुराहरु भेटिन्छन् । पहिलेपहिले माटो तथा हावाको माध्यमबाट बिषादी प्रयोग गरेर किराहरु मार्ने गरेको पाइन्थ्यो र २० औँ शताब्दी तिर सलह किराको झुण्ड रुप घट्दै गएको समेत थियो । सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ती भएको मानिन्छ । यो निकै नै प...